बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • म्यानमारबाट भागेर मलेसिया गइरहेका २३ रोहिंग्या मुसलमानको मृत्यु

म्यानमारबाट भागेर मलेसिया गइरहेका २३ रोहिंग्या मुसलमानको मृत्यु

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

म्यानमारको रखाइन प्रान्तबाट भागेर मलेसिया गइरहेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा कम्तीमा २३ जनाको ज्यान गएको छ। अझै ३० जना बेपत्ता रहेको बीबीसीले जनाएको छ।

National life

अहिलेसम्म २३ जनाको शव भेटिएको र तिनमा १३ महिला र १० पुरुष रहेको उद्धारकर्ताले बताएका छन्। ८ जनाको जिवितै उद्धार  गरिएको छ र ३० जनाको खोजी भइरहेको छ। दुर्घटनामा बाँचेका एक रोहिंग्याका अनुसार डुंगामा ५० भन्दा बढी चढेका थिए।

म्यानमारमा भइरहेको उत्पीडनबाट बच्न हजारौं रोहिंग्या मुसलमान समुद्रको जोखिमपूर्ण यात्रा गर्छन्। उनीहरु यसरी मलेसिया वा इन्डोनेसिया पुग्छन्। यसक्रममा थुप्रैको मृत्यु हुने गरेको छ।

बौद्ध बहुल म्यानमारमा रोहिंग्या मुसलमान अल्पसंख्यक हुन्। सन् २०१७ मा म्यानमारको सेनाको अत्याचारबाट बच्न हजारौं रोहिंग्या बंगलादेश पुगेका थिए। नेपालमा समेत रोहिंग्या शरणार्थी आइपुगेका छन्। बचेखुचेका रोहिंग्या पनि म्यानमारमा भएको २०२१ को तख्तापलटपछि म्यानमार छोड्ने प्रयास गरिरहेका छन्। 

 

Shivam cement

प्रकाशित: Aug 11, 2023| 15:11 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्