शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशमन्‍त्रीका जागिर जानुका पाँच कारण :  उल्टो झन्डादेखि डेटिङ कान्डसम्म

प्रदेशमन्‍त्रीका जागिर जानुका पाँच कारण :  उल्टो झन्डादेखि डेटिङ कान्डसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिनुका पछाडि थुप्रै कान्डहरु रहेको खुलासा भएको छ।

उल्टो झन्डादेखि केटी कान्डसम्ममा मुछिएका सोडारीलाई सच्चिनका मुख्यमन्‍त्री त्रिलोचन भट्ट र पार्टी नेतृत्वले पटक पटक सचेत गराउँदा पनि अटेर गरेपछि उनको पद खोसिएको छ।

नेकपाका सुदूरपश्चिम कमिटीको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदबाट हटाएपछि त्यसका कारणबारे पार्टी वृत्तमा समेत खुलदुली बढेको छ। मुख्यमन्‍त्री भट्टले मंगलबारको पत्रकार सम्मेलनमा पद विपरित आचरण गरेको बताएका छन्। महिलासँग जोडिएका प्रकरण बाहिर ल्याउँदा पार्टीको समेत छबिमा धक्का पर्ने भएपछि उनले आचारण विपरित काम गरेको आरोप लगाएका हुन्। 

सरकारी गाडीमा डेटिङ

स्रोतका अनुसार सोडारीले सरकारी गाडी प्रयोग गरेर डेटिङ जाने गरेका थिए। यसबारेमा पटकपटक पार्टी तहबाटै उजुरी पनि परेको थियो। तिहारमा उनले चढ्दै आएको गाडी दुर्घटनामा परेको थियो। सार्वजनिक विदाको दिन सरकारी गाडी जथाभावी हाँकेपछि दुर्घटना परेको खुलासा भएको छ। त्यसमा उनका आफन्तहरु पनि थिए। केही महिलाहरुसँगको सम्बन्धबारे पार्टीस्तरबाटै छानबिन भएको थियो। 

आफ्ना कार्यकर्तालाई मात्रै योजना र बजेट

सामाजिक विकास मन्त्रालयका योजना सञ्चालन तथा वितरणमा उनले मनोमानी गरेको आरोप लागेको छ। आफू निकटका कार्यकर्तालाई मात्र योजना र बजेट बाँडेको गुनासो पार्टीस्तरबाटै आएको थियो। योजना छनोट र वितरण पारदर्शी र वैज्ञानिक नभएको सम्बन्धमा यसअघि पनि मुख्यमन्‍त्रीले पटकपटक उनलाई सचेत गराएका थिए। 

गुन्डाहरुलाई संरक्षण

सोडारीमाथि लगाइएको अर्को आरोप डन र गुन्डाहरुलाई संरक्षण दिएको भन्‍ने छ। अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन उनले पद र शक्तिको दुरुपयोग गरेको पाइएको छ। स्थानीय गुन्डा तथा अपराधिक समूहमा संलग्‍न व्यक्तिहरुलाई छुटाउनका लागि उनले स्थानीय प्रशासन र प्रहरीलाई दबाब दिने गरेको खुलासा भएको छ। 

उल्टो झन्डा

उल्टो झन्डा प्रकरणले पनि सोडारी विवादमा तानिएका थिए।  मन्त्रालयमै उल्टो झण्डा लगाउँदा समेत उनले बेवास्ता गरेका थिए। तिहारमा उनी चढ्ने गाडी दुर्घटना परेको थियो। सार्वजनिक विदाको दिन सरकारी गाडी आपत्तिजनक अवस्थामा दुर्घटनामा परेको थियो। 

पार्टी लाइनको उपेक्षा

सोडारीले मुख्यमन्‍त्री मात्र होइन, पार्टीको लाइन र निर्देशनलाई समेत उपेक्षा गर्दै आएका थिए। यही विषयमा मुख्यमन्‍त्रीसँग पनि पटकपटक जबाफसवाल परेको थियो। नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल मात्र होइन, प्रदेश अध्यक्ष  कर्णबहादुर थापासमेत उनीसँग असन्तुष्ट थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।