शनिबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सबैभन्दा बढी युट्युब सब्सक्राइबर टी-सिरिजका, यस्तो छ शीर्ष १५ को सूची

सबैभन्दा बढी युट्युब सब्सक्राइबर टी-सिरिजका, यस्तो छ शीर्ष १५ को सूची

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अर्बौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसका लागि युट्युब आम्दानीको गतिलो माध्यम पनि बनिरहेको छ। कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानल विश्वचर्चित छन्, जसका करोडौं सब्सक्राइबर छन् ।

वर्ल्ड अफ स्टाटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ। उक्त सूचीअनुसार विश्वमा सर्वाधिक सब्सक्राइबर रहेको युट्युब च्यानल भारतको टी-सिरिज हो। टी सिरिजको च्यानलमा २४ करोड ६० लाख सब्सक्राइबर छन् ।

दोस्रो स्थानमा रहेको मिस्टर बिस्ट युट्युब च्यानलका १७ करोड १० लाख सब्सक्राइबर छन्।

यी हुन् सर्वाधिक सब्सक्राइबर रहेका शीर्ष १५ युट्युब च्यानल
1. T-Serie- २४ करोड ६० लाख
2. MrBeast- १७ करोड १० लाख
3. Cocomelon-Nursery Rhymes- १६ करोड ३० लाख
4. SET India- १६ करोड
5. Kids Diana Show- ११ करोड ३० लाख
6. PewDiePie- ११ करोड १० लाख
7. Like Nastya- १० करोड ६० लाख
8. Vlad and Niki- ९ करोड ९० लाख
9. Zee Music Company- ९ करोड ७० लाख
10. WWE- ९ करोड ६० लाख
11. Blank Pink- ९ करोड
12. Goldmines- ८ करोड ७० लाख
13. Sony SAB- ८ करोड ३० लाख
14. 5-Minute Crafts- ८ करोड
15. BTS- ७ करोड ५० लाख

प्रकाशित: Aug 11, 2023| 19:30 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्