सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गर्भपतन गराउने औषधिले गर्भवतीको ज्यान गएपछि क्लिनिक सञ्चालक पक्राउ

गर्भपतन गराउने औषधिले गर्भवतीको ज्यान गएपछि क्लिनिक सञ्चालक पक्राउ

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ। धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको हो।

थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएकी थिइन्। औषधिले रक्तश्राव भएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो।

क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन्। घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रकाशित: Aug 11, 2023| 07:58 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्