बिहीबार, जेठ २८, २०८३

ट्वीटरको लोगो लिलाम गरिँदै

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

काठमाडौं- ट्वीटरका मालिक एलन मस्कले यसमा अनेक परिवर्तन गरिरहेका छन्। पछिल्लो समय उनले ट्वीटरको नाम नै परिवर्तन गरेर ‘एक्स’राखेका छन्।
योसँगै मस्कले ट्वीटर मुख्यालयका फर्निचर र पुरानो लोगो लिलाम गर्ने भएका छन्।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वार्टरबाट पुरानो लोगो, कफी टेबल, कुर्सी, वाद्य यन्त्र, फोटो, पिँजडा, पेन्टिङ, लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्न लागिएको हो।

ट्वीटरको नाम ‘एक्स’ नाम राखे पनि कार्यालयमा पुरानै लोगो (नीलो रंगको चरो) कायम छ। मस्कले उक्त लोगो पनि लिलाम गन लागेको बीबीसीले जनाएको छ।
लिलामीको प्रक्रिया भने १२ सेप्टेम्बरबाट सुरु हुनेछ। लिलामी गराउने एक कम्पनीले लिलाम गर्न लागेका वस्तुमध्ये सबैभन्दा कम मूल्य २५ डलरबाट सुरु हुनेछ।

प्रकाशित: Aug 11, 2023| 07:52 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्