बिहीबार, जेठ २८, २०८३

६ जना 'नक्कली डाक्टर' पक्राउ

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले 'नक्कली डाक्टर' माथि चलाएको अपरेसनमा अहिलेसम्म १ सांसदसहित ६ जना पक्राउ परेका छन्।

National life

पछिल्लोपल्ट धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी छिन्। ललितपुरको हात्तीवन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो।

‘अपरेसन फक्सट्रट’नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई पक्राउ गरिएको थियो।

बिहीबार साँझ नै थप दुई जना डाक्टर रामबाबु यादव र एरिना यादव पक्राउ परेका थिए। यही अभियोगमा डाक्टर अमृत चौधरी र रञ्जितकुमार यादव पनि प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Aug 11, 2023| 07:43 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्