बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस सांसद शर्मासहित पक्राउ पर्ने डाक्टरको संख्या पाँच पुग्यो 

कांग्रेस सांसद शर्मासहित पक्राउ पर्ने डाक्टरको संख्या पाँच पुग्यो 

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं- अप्रेशन 'फोक्सट्रोट चार्ली' अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा शर्मासहित डा. रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा. रञ्जित कुमार यादव रहेका छन्। 

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए। शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए। 

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो। उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Aug 10, 2023| 20:16 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्