बिहीबार, जेठ २८, २०८३

शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा थप दुई डाक्टर पक्राउ 

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं- अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक डाक्टर पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले डाक्टर अमृत चौधरी र महोत्तरीका डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो।

National life

रञ्जित हाल कुन अस्पतालमा कार्यरत छन् भन्ने नखुलेको सीआईबीका एसपी नवराज अधिकारीले बताए। 

सीआईबीले अहिले पनि  नक्कली डाक्टरमाथि अप्रेसन चलाइरहेको छ। शुक्रबार यस विषयमा पत्रकार सम्मेलन नै गरेर उनीहरुलाई सार्वजनिक गर्ने सीआईबीको तयारी छ। 

नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिलकुमार शर्मा पनि पक्राउ परेका छन्। उनलाई पनि नक्कली शैक्षिक प्रमाण पत्रकै आरोपमा पक्राउ गरेको हो। 

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ जारी रहेकाले यो संख्या बढ्ने बताइएको छ।

Shivam cement

प्रकाशित: Aug 10, 2023| 19:22 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्