शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघ : महाविधेशन नभए कुन्दनले समानान्तर कमिटी बनाउने

नेविसंघ : महाविधेशन नभए कुन्दनले समानान्तर कमिटी बनाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले संघको महाधिवेशन नभए समानान्तर कमिटी गठन गरी अघि बढ्ने चेतावनी दिएका छन् ।

संगठनको कात्तिक १६ देखि १८ सम्म हुने भनिएको महाधिवेशन पार्टी नेतृत्वको हस्तक्षेपका कारण रोकिएको भन्दै महामन्त्री काफ्लेले तत्काल महाधिवेशनको वातावरण नबनाए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।

गत भदौ ३ गते सकिएको नेविसंघको वर्तमान नेतृत्वको कार्यकाल विधानअनुसार तीन महिनाका लागि थपिएको थियो । थपिएको कार्यकाल आगामी मंसिर ३ गते सकिँदैछ । त्यसपछि कार्यसमिति स्वतः विघटन हुनेछ । ३२ वर्षे उमेर हदको विवाद र नेतृत्वको हस्तक्षेपको कारण संगठनको अधिवेशन हुन सकेको छैन ।

नेविसंघ संस्थापनइतर समूहको नेतृत्व गरिरहेका महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संगठनलाई विधानविहीन बनाएर विधिको शासनको खिल्ली उडाएको आरोप लगाए। उनले नेपाल समयसँग भने, ‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टिके प्रथामार्फत दास जन्माउँदै नेविसंघको नेतत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौं । महाधिवेशनमार्फत नेतृत्व चयन सुनिश्चित नभए समानान्तर कमिटी गठन गर्छौ।’

‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टिके प्रथामार्फत दास जन्माउँदै नेविसंघको नेतत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौं । महाधिवेशनमार्फत नेतृत्व चयन सुनिश्चित नभए समानान्तर कमिटी गठन गर्छौ।’


विद्यार्थीको आवाज कुल्चिएर अगाडि बढे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने भन्दै महामन्त्री काफ्लेले नेविसंघ केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको विधानलाई टोकरीमा फालेर पार्टीले हस्तक्षेप गरी विधानको एउटा मात्र अंश पारित गरेको बताए। 

उनले पार्टी आफैंले विधि र विधानको बाटो हिँड्न छाडेको भन्दै नेविसंघको आफूहरू सिपाही भएकाले मर्यादित ढंगबाट प्रश्न गर्ने र विरोध गर्ने हिम्मत भएको घोषणासमेत गरे। महामन्त्री काफ्ले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । काफ्लेलाई कांग्रेस युवा नेताद्वय गगन थापा र प्रदीप पौडेलले साथ दिँदै आएका छन् । थापा नेविसंघका पूर्वमहामन्त्री हुन् भने पौडेल अध्यक्ष हुन् । काफ्लेले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

पार्टीको संस्थापनइतर पक्षका पार्टी नेताबीच सोमबार नै सामूहिक छलफल भएको दिन गरिएको पत्रकार सम्मेलनलाई पार्टी नेतृत्वविरुद्धको घेराबन्दी वा दबाबका रूपमा हेरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।