शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चताप गर्दै भुटभुटिनेछन्’

‘मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चताप गर्दै भुटभुटिनेछन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– राजधानीबाट बुधबार प्रकाशित दैनिक पत्रिकाले छठ पर्व, यसको महत्वलाई छापेका छन् । संघीयता थपिएसँगै भिआईपीको सुरक्षाका लागि तेब्बर सुरक्षाकर्मी खटाउनुपर्ने अवस्था आएको, दोहोरो सुविधाको मस्तीमा पूर्वराष्ट्रसेवकहरु रहेको, नेकपाका नेता वामदेव गौतमलाई अर्को झड्का लागेकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

नयाँ पत्रिका दैनिकले नेकपाका नेता वामदेव गौतमको विषयलाई लिएर मुख्य समाचार बनाएको छ । सांसद बन्ने आबेगबाट फिर्ता भएका वामदेवले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्रीले गौतमको प्रस्तावलाई अस्वीकार गरेपछि उनलाई फेरि अर्को झड्का लागेको छ । तर, उनले कम्पनी खोलेरै भएपनि देशको विकास गर्ने बताएका छन् । गौतमले भनेका छन्, ‘डेढ दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ । तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।’

नागरिक दैनिकले संघीयताले थपेका भिआईपीको सुरक्षाका लागि तेब्बर बढी सुरक्षाकर्मी घटाउनुपर्ने शीर्षकको समाचारलाई मुख्य बनाएको छ । मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बरले बढ्नेछ । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ । त्यस्तै पूर्वराष्ट्रसेवकहरु लभको पदमा लालची देखाउँदै दोहोरो सुविधाको मस्तीमा रहेको समाचारलाई पनि मुख्य रुपमा छापेको छ । 

कान्तिपुर दैनिकले फेसबुकमा स्टाटस लेख्दा ११ निकायलाई स्पष्टिकरण सोधिएको खबरलाई प्राथमिकताका साथ छापेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।