काठमाडौं– उदाउँदो सूर्यको पूजा गर्दै अर्घ दिएपछि छठ पर्व आजबाट समापन भएको छ । यो पर्वको रौनक सबै तिर छाएको छ । केही समय यता, नेपाली समाज साँस्कृतिक तथा धार्मिक रूपले निकै परिस्कृत भएको छ ।
छठको रौनकले तराई मधेससँगै काठमाडौं उपत्य र अन्य पहाडी जिल्लामा पनि राम्रो प्रभाव पार्ने थालेको छ । तराईमा मात्र नभई पहाडी क्षेत्रमा पनि केही वर्षदेखि धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।
छठमा बुढापाकासहित युवा पुस्ता सबैको आकर्षण उत्तिकै छ । काठमाडौंको गौरीघाटमा सूर्यको पूजा गर्दै गरेकी मनिषा काकीले आफूलाई शक्तिशाली सूर्य र प्रकृति मन पर्ने भएकाले छठको अवसरमा आफूलाई मनपर्ने शक्तिको पूजा गरेको बताइन् ।
यस्तो छ, छठको पौराणिक महत्व
हिन्दु धर्मका अनुसार सूर्यपुत्र कर्ण महादानी थिए । कर्णले सदैव बिहान सूर्यलाई अर्ध दिइसके पछि प्रसाद बाढ्ने गर्थे । उनको यो दैनिकी नै पछि छठका रुपमा विकास भएको भनिन्छ ।
यो सँगै छठमा छठी मैयालाई पुजा गर्ने गरिन्छ । उनी सूर्यकी पत्नीका रुपमा धर्मग्रन्थमा उल्लेख गरिएको छ । छठी मैयाको पूजा गर्नाले व्रतालुलाई वाधाव्यवधान नहुने विश्वास छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४