काठमाडौं- कात्तिक २७ गते मंगलबार । नेपालीहरुको चार्ड छठमा अस्ताउँदो सूर्यलाको आराधनासहित अर्घ दिएर मनाइएको, सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलार्इ बर्खास्त गरी कृष्ण सुवेदीलार्इ नियुक्त गरेको, गृहमन्त्री रामबहादुर थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) परिवारका लागि मन्त्रालयको खर्चमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको खुलासा भएकोलगायतका खबरहरू दिनभर चर्चाका समाचार बने । ओलीको कमजोरी : ३० केजीका मन्त्री बाँस्कोटालाई क्विन्टलको भारी, नबल्ने ट्राफिक लाइट र कमिशनको कथा, नेपाल ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको समाचार पनि पढनीय समाचार बने ।नेपाल समयले दिनभर गरेका अपडेटको संक्षेप के के रह्यो । थाहा पाउनुहोस् नेपाल समय दिनभरी :
ओलीको कमजोरी : ३० केजीका मन्त्री बाँस्कोटालाई क्विन्टलको भारी
प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि लामो संघर्ष गरेका नेता हुन् । उनको लोकतन्त्रप्रतिको निष्ठा र लगावमा कसैले प्रश्न उठाउन सक्दैन। ओली योग्यता पुगेरै प्रधानमन्त्री भएका हुन् । उनले नेतृत्व गरेको सरकारको कार्यशैलीबारे आलोचना हुनु स्वाभाविक हो। हरेक सरकारको आलोचना हुन्छ। स्वस्थ आलोचनाले सरकार बिग्रंदैन। प्रधानमन्त्री ओली पनि आलोचना सहजै पचाउने नेता हुन् ।
प्रचण्डलाई ‘तातोपानी’ नुहाउन सेनाको हेलिकोप्टर
गृहमन्त्री रामबहादुर थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) परिवारका लागि मन्त्रालयको खर्चमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको खुलासा भएको छ। गृहमन्त्री थापाले मन्त्रालयमार्फत नेपाली सेनाको एमआई-१७ को हेलिकोप्टर चार्टर्ड गरी नेकपाका अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहितलाई सोमबार म्याग्दीको तातोपानीमा स्नान गर्न लगेका थिए।
राष्ट्रपति र मुख्यमन्त्रीको जिल्ला : तिर्खा र अँध्यारोमा बाँच्दै भोजपुरवासी
दक्षिण भोजपुरको हतुवागढी गाउँपालिकाकी तारा परियार गाउँमा सडक आउँदा अत्यन्तै खुसी थिइन् । सडकसँगै सहरी पूर्वाधार बन्ला, धारामा नियमित पानी र बिजुली बत्ती बलान् पाइने आशा थियो परियारको । सडक बनेपछि गाउँ गाडी भित्रियो, मधेस र सहरमा मात्रै कुद्ने अटो आयो । धुले सडकमा ती सवारीसाधन गुड्न थालेपछि गाउँमा सबैभन्दा धेरै धुलो उड्न ल्यायो । वातावरण प्रदूषित भयो । तर, धारामा पानी र बिजुली बत्ती भने आएन ।
कमल थापाले ट्वीटरबाटै जवाफ दिए : 'पशुपतिजी नै गलत'
संघारमा पुगेको पार्टी एकता रोकिएपछि राप्रपाभित्र आरोप प्रत्यारोप सुरु भएको छ। राप्रपाका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा आपसी तिक्तता सार्वजनिक गर्न थालेका छन् ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट हटाईएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो। तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो ।
यस्तो छ नबल्ने ट्राफिक लाइट अनि कमिशनको कथा
‘ट्राफिक लाइट बल्दैन ?’ नेपाल समयको जिज्ञासामा राजधानीको नयाँ बानेश्वरस्थित सडकमा ड्युटीमा खटिएका एक ट्राफिकले भने, ‘कमिसनमा बनेका लाइट किन बल्थे ?’नयाँ बानेश्वर मात्र होइन, राजधानीका अधिकांश सडकमा ट्राफिक लाइट बल्दैन। राजधानीमा नबोल्ने ट्राफिक लाइटको कथासँग कमिशनको चक्कर जोडिएको छ। निम्न गुणस्तरका सामग्री प्रयोग गरेका कारण ट्राफिक लाइट नबलेको गुनासो प्रहरी वृत्तबाटै आउन थालेको छ।
छठमा ब्रतालुका पीडा : फोहोरको डंगुरमा पूजा गर्ने घाट
विरानगर न्यूरोरोडका सुरज शाहको परिवारले छठको ब्रत बसेको बर्षौ भयो। हरेक वर्ष शाहको परिवार विरानगर ७ को सिंगिया खोलामा घाट बनाएर छठ पूजा गर्छन। विराटनगर महानगरपालिका र कटहरी गाँउपालिका जोड्ने पुल मुनि घाट बनाउछन शाह ।
नेपाल ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश
२०२० जापानमा हुने ओलम्पिकका लागि एसियन महिला फुटबल छनोट अन्तर्गत नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो । याङगोनस्थित थुनुवा स्टेडियममा सुरु भएको खेलमा नेपाललाई अग्रता दिलाउन कप्तान निरु थापाले गोल गरेकी थिइन् । उनले खेलको पहिलो हाफको १७ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् ।
आईसीसी वरियताको शीर्ष सय भित्र नेपाली तीन खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)ले सार्वजनिक गरेको नयाँ क्रिकेट टी-२० वरियतामा नेपालका तीन खेलाडी शिर्ष १०० भित्र रहेका छन् । नयाँ वरियताको शीर्ष १०० भित्र नेपालका राष्ट्रिय टोलीका कप्तान पारस खड्का, तिब्र गतिका बलर सोमपाल कामी र त्यस्तै अर्का स्पिनिर बरल वसन्त रेग्मी अटाएका हुन् ।
‘गोल ५०’ अवार्डको दाबेदार को ?
हरेक बर्ष प्रदान गरिदै आएको ‘गोल ५०’ अवार्ड आज (मंगरबार) राति घोषणा हुँदैछ । उक्त अवार्डको विजेता युकेमा एक कार्यक्रबीच घोषणा गरिदैछ । चर्चित खेल सञ्चार संस्था ‘गोल’ ले प्रदान गर्ने यो एघारौं संस्करणको अवार्ड खेलाडीले गरेको बर्षभरिको प्रदर्शनका आधारमा एक उत्कृष्ट फुटबलरलाई दिइने गरिन्छ । २००८ बाट दिन थालिएको यो अवार्ड यसअघि १० जना फुटबल खेलाडीले प्राप्त गरि सकेका छन् ।
मेस्सी ला लिगा बर्षको उत्कृष्ट खेलाडी
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक गोलकर्ता र वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापेका छन् । उनले ला लिगाको सिजन २०१७-१८ मा गरेको सर्वाधिक गोल वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापेका हुन् । ३१ वर्षीय मेस्सीलाई ला लिगाको पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड एकसाथ प्रदान गरिएको थियो ।