शुक्रबार, साउन ८, २०८३

प्रचण्डलाई ‘तातोपानी’ नुहाउन सेनाको हेलिकोप्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) परिवारका लागि मन्त्रालयको खर्चमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको खुलासा भएको छ। 

गृहमन्त्री थापाले मन्त्रालयमार्फत नेपाली सेनाको एमआई-१७ को हेलिकोप्टर चार्टर्ड गरी नेकपाका अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहितलाई सोमबार म्याग्दीको तातोपानीमा स्नान गर्न लगेका थिए। 
 
सेनाको एमआई-१७ हेलिकोप्टर चार्टर गरेबापत नेपाली सेनालाई एक घन्टाको करिब पाँच लाख रुपैयाँ तिर्नुपर्छ। उक्त हेलिकोप्टर काठमाडौं-म्याग्दी दुईपटक आवतजावत गर्दा पाँच घन्टाभन्दा बढी समय लाग्नेछ। यसबापत लाग्ने २५ लाख रुपैयाँभन्दा बढी शुल्क गृह मन्त्रालयले तिर्ने स्रोतले जानकारी दियो।

नेकपा स्रोतका अनुसार प्रचण्ड पत्नी सीता दाहाललाई विदेशका अत्याधुनिक उपचार सेवा भएका अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि प्राकृतिक हटबाथका लागि म्याग्दीको तातोपानीमा लगिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।