धनगढी- बर्खास्तमा परेका सामाजिक बिकास मन्त्री दीर्घ सोराडीको ठाउँमा तत्कालिन एमालेबाट निर्वाचित कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् ।
नयाँ मन्त्रीले अहिले बेलुकी ४ बजे सपथ लिने कार्यक्रम छ । सुवेदी कैलाली ४ (ख) बाट निर्वाचित सांसद हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले उनको ठाउँमा नयाँ मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरेको छ ।
अहिले मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषद् बैठक चलिरहेको छ । यही बैठकले सोडारीलाई हटाउने र सुबेदीलाई नियुक्त गर्ने निर्णय गर्ने एक मन्त्रीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४