शुक्रबार, साउन ८, २०८३

बलात्कारपछि बालिका हत्या गर्ने जेल चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषामा एक बालिकाको बलात्कारपछि हत्या गर्ने घटनामा दुईजना जेल चलान भएका छन् । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा धनुषाको औरही गाउँपालिका–२ बस्ने ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डित जेल चलान भएका हुन् ।

मुद्दाको सुनवाइ गर्दै जिल्ला अदालत धनुषाले मुखिया र पण्डितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश राजेश कटवालको एकल इजलासले सोमबार दुबै आरोपीलाई थुनामा राख्ने आदेश दिएको हो ।

मुखिया र पण्डितमाथि धनुषाको औरही गाउँपालिका–२ देउरी परवाहा बस्ने १० वर्षीया बालिका मनिका यादवको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । मुखिया यसअघिसमेत लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेको छन् ।

गाउँमा दसैंको मेला लागेको बेला मुखिया र पण्डितले आफ्नै छिमेकमै बस्ने मनिकालाई चकलेट खान १० रुपैयाँ दिने प्रलोभन दिएर फकाएर लगेको थिए । मेला लागेको स्थानभन्दा केहि पर लगेर रक्सीले मातेका दुबैजनाले मनिकाको पालैपालो बलात्कार गरेर हत्या गरेका थिए ।

प्रहरीले मनिकाको हत्या भएको केहि घण्टापछि मुखियालाई गाउँबाट पक्राउ गरेको थियो भने पण्डित जनकपुरको भ्रमपुरा चोकबाट पक्राउ परेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।