शुक्रबार, साउन ८, २०८३

ओलम्पिक छनोट : नेपाल र बंगलादेशबीचको खेल सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २०२० जापानमा हुने ओलम्पिकका लागि एसियन महिला फुटबल छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । खेल म्यानमारको याङगोनस्थित थुनुवा स्टेडियममा सुरु भएको हो । 

जित बिहिन समूहको पुछारमा रहेको बंगलादेशलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ । बंगलादेशलाई पराजित गर्न सके पहिलो पटक ओलम्पिक छनोट खेलि रहेको नेपालले दोस्रो चरणका लागि छनोट हुनेछ । 

त्यस्तैले नेपाललाई दोस्रो चरणमा प्रवेश गर्न यो खेल जित्नै पर्ने दबाब छ । नेपालले सुरुवाती दुई खेलमा बराबरी खेलेमा बराबरी खेलेका थियो । आफ्नो छनोटको पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि आयोजक म्यानमारसँग १-१ को बराबरी खेलेको थियो । यि दुई खेलले नेपाललको मनोबल उच्च रहेको छ । 

आफ्नो पहिलो खेलमा म्यानमारसँग ५-० ले पराजित भएको बंगलादेश आफ्नो दोस्रो खेलमा  भारतसँग ७-१ को भारी अन्तरले पराजित भएको थियो । समान दुई दुई खेल खेलेको म्यानमार ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको भारत गोल अन्तरका आधारमा दोस्रो छ । 

त्यस्तै नेपाल दुई खेलमा दुई अंक सहित तेस्रो स्थानमा छ । प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुनेछन् । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।