सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई थप दुई लाख दिने निर्णय

लुम्बिनीमा क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई थप दुई लाख दिने निर्णय

लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारमा थप २ लाख दिने निर्णय गरेको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

बुटवल– लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारमा थप २ लाख दिने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधामा प्रदेश सरकारका तर्फबाट थप दुई लाख उपलब्ध गराउने निर्णय गरेको हो।

Kumaribank

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्स खटाउन गराउने निर्णय गरेको छ। बैठकले प्रदेश ५, प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ।

यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारीसाधन एम्बुलेन्सको व्यवस्था गर्ने र सोको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ। यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने पनि निर्णय गरेको छ। 

बैठकले सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई चयन गरेको छ। यसैगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए। एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए।

कोभिड १९ विरुद्धको खोप वितरण प्रणाली प्रभावकारी बनाई प्रदेशवासीलाई खोपको सुनिश्चित गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताए।

Metro Mart

प्रकाशित: Aug 12, 2021| 22:27 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।