काठमाडौं–सूर्यको पूजाआराधना गरेर मनाइने पर्व छठको रौनक यतिबेला देशभर छ। विगतका वर्षहरुमा तराईका जिल्लाहरुमा बढी मनाइने यो चार्ड अहिले देशभरका नागरिकले आपसी सद्भाव झल्काउने पर्वका रुपमा मनाउँदै आएका छन् ।
यो पर्वको रौनक काठमाडौंमा पनि उत्तिकै छ । सोमबार साँझ गुह्यश्वरीस्थित बागमती नदी किनारमा पुग्दा त्यहाँ पनि छठको तयारी तीब्र पारिएको थियो । पूजाका लागि स्टल राखेर नै पूजास्थल बनाइएको छ । अहिले नदीमा ६ सय २४ स्टल बनाइएको छ । जहाँ पाँच लाखको हाराहारीमा पूजा गर्ने र दर्शन गर्ने श्रद्धालु आउने अनुमान छ छठ व्यवस्थापन समितिका सदस्य अनिल सिंहको । विगतका वर्षको तुलनामा यो वर्ष श्रद्धालुको संख्या बढ्ने अनुमान गरिएको उनले सुनाए ।
गुह्यश्वरीको पूजा घाटमा छठ पूजा गर्न पहाडे समूदायका मानिस धेरै आउने गरेको सिंहले सुनाए । ‘हामीले बनाएका स्टलहरु प्रायः सबै नै बुकिङ भएका छन् । यो वर्ष पहिला भन्दा धेरै श्रद्धालु आउनु अनुमान पनि गरेका छौं,’ व्यवस्थापन समिति सदस्य सिंहले भने, ‘यहाँ आउने श्रद्धालुमध्ये पहाडी समूदायका ३५ प्रतिशतभन्दा बढी आउने गरेका छन् भने, काम विशेषले घर जान नपाउने तराईबासी यहाँ सहभागि हुने गर्दछन्।’
छठलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था पनि मजबुद बनाइएको सिंहले बताए । पर्वको रौनकतासँगै पूजा गर्न आउने श्रद्धालुको संख्यालाई आधार मानेर सुरक्षा व्यवस्था व्यवस्थित बनाउनुका साथै स्वास्थ्य शिविर र घुम्ति सेवा शिविर सञ्चालन गरिएको पनि उनले बताए ।
तस्बिरमा हेर्नुहोस् छठको तयारी :–
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...