शुक्रबार, साउन ८, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कात्तिक २६ गते सोमबार। नेपालीहरुको चार्ड छठको रमझमसहित मन्त्रिपरिषद्का निर्णय किन लुकाइयो भन्ने सवाल, प्रदेश १ का मुख्यमन्त्री हटाउने मुडमा प्रधानमन्त्री पुगेको, प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्वको विरूद्धमा पौडेल, कोइराला पक्षधर नेताहरु एक भएकोलगायतका समाचार दिनभरका चर्चाका विषय बने । नेपाल समयले दिनभर गरेका अपडेटको संक्षेप के के रह्यो । थाहा पाउनुहोस् नेपाल समय दिनभरी :

शेरधन हटाउने मुडमा प्रधानमन्त्री : ओली सत्तामा शेरहरूको अफाप
प्रदेश १ का मुख्यमन्त्री राई सार्वजनिक रूपमा असत्य बोलेको र खराब आचरण गरेर यसअघि नै विवादमा परेका छन् । त्यस्तै केन्द्र सरकारको स्वीकृति नलिई अमेरिका भ्रमणमा गएर उनी फेरि विवादमा तानिएका छन् । काठमाडौं–विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि संघीय सरकारका तत्कालीन कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङ राजीनामा गर्न बाध्य भए। अहिले  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ।

कांग्रेसभित्र गुटगत भेला, महासमितिमा आआफ्ना एजेन्डा घुसाउने रणनीति  
नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा आफ्ना एजेन्डा बलियो बनाउन पार्टीभित्र गुटगत भेला सुरु भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला पक्षधर नेताहरु सोमबार बिहान कांग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटार पुगेर आफ्नो समूहका एजेन्डाका विषयमा छलफल थालेका छन्। संस्थापन पक्षलाई संगठित दबाब दिने रणनीतिसहित यो भेला आयोजना गरिएको हो। 

मन्त्रिपरिषद्का निर्णय किन लुकाइयो ?
तिहार सकिएको भोलिपल्ट आइतबार बसेको चार घन्टा लामो मन्त्रिपरिषद्का निर्णयहरु गोप्य राखिएको छ। निर्णय गोप्य राखिएको जानकारी सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले दिएका छन्।  सामान्यतया राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकतासँग सम्बन्धित विषय तथा अन्य संवेदनशिल सूचनाबाहेक मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने प्रचलन छ । संविधानले ग्यारेन्टी गरेको सूचनाको हक  र त्यससम्बन्धी ऐनले यसलाई अनिवार्य बनाएको छ । यो संवैधानिक प्रावधान र प्रचलनलाई उपेक्षा गर्दै सरकारले सूचना लुकाउने प्रयास गरेको छ । 

प्रधानमन्त्रीको पुतला जलाउने नेबि संघका कार्यकर्ता पक्राउ
प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने क्रममा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघका धनुषा सभापतिसहित ६ जनलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जनकपुरस्थित रामानन्द चोकमा प्रधामन्त्री ओलीको पुतला दहन गर्ने क्रममा प्रहरीले नेवि संघ धनुषाका सभापति सुजित मिश्रसहित भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादवलाई पक्राउ गरेको हो ।

छठ पर्वको तेस्रो दिन आज खरना मनाइँदै
सूर्यको उपासना गरी मनाइने छठ पर्वको तेस्रो दिन सोमबार खरना मनाइँदै छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ । शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत छ । सन्ध्याकलीन अर्घ दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाई गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।

बालाजुको होटेलमा भेटिएको बम जस्तो पोको सेनाले डिस्पोज गर्दा सर्फ र सिशा मात्रै
गोंगबुको नयाँ बसपार्कस्थित  पूर्विय चन्द्रमा गेष्ट हाउसमा शंकास्पद बस्तु फेला परेपछि बम हुन सक्‍ने आश‌ंकामा सेनाको टोली खटिएको छ। सोमबार बिहान गेष्ट हाउसको सात नम्बर कोठामा रातो कपडाले बेरेको संकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोली गेष्ट हाउस पुगेर घटनास्थलको निरीक्षण गरेको थियो। त्यो बस्तु लिन दिनभर कोही नआएपछि प्रहरीले पनि पोको खोल्न मानेन र बम पनि हुनसक्ने आशंका गर्दै  सेनाको सहयोगका लागि आग्रह गरेको थियो। 

दिल्ली भाग्‍न लागेका मस्ट वान्टेड गुन्डा नाइके पासाङ एयरपोर्टमै समातिए
प्रहरीको निगरानीबाट जोगिनका लागि भारतको दिल्ली उड्न लागेका मस्ट वान्टेड गुन्डा नाइके पासाङ नोर्बु शेर्पा एयरपोर्टबाट समातिएका छन्। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बशन्त लामाका अनुसार सोमबार अपरान्ह उनलाई एयरपोर्टबाट नियन्‍त्रणमा लिएर अनुसन्धानका लागि हिराशतमा राखिएको छ। उनलाई ज्यानसम्बन्धी अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीको छ।

विदेशमा रहेका नेपालीले उतैबाट भोट दिन पाउने 
निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन /अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए। अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उनले बताए।

सेयर बजारमा कस्ता जोखिम छन् ? लगानी कसरी सुरक्षित गर्ने ?
धेरैलाई सेयरमा गरिने लगानी सुनिश्चित आम्दानीको क्षेत्र हो र यसमा कुनै जोखिम हुन्न नाफैनाफा मात्र छ जस्तो लाग्छ । त्यसैले जस्तोसुकै कम्पनीले सेयर जारी गर्दा पनि किन्नेको अभूतपूर्व भीड लाग्छ । सरकारले समेत ‘समृद्धि र समुन्नति’ को एक मात्र आधार सेयर लगानीबाहेक अरू केही छैन भनेझैँ गरी स्थानीय, कर्मचारीजस्ता समूहलाई आरक्षणको व्यवस्था गर्ने नीति बनाएको छ । यसरी सरकारले पनि सेयर सहजै पाइँदैन र सेयर नभई समृद्ध हुन सकिँदैन भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

रोइरहेको शिशुलाई स्तन चुसाउने एयर होस्टेजको बढुवा
एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको आकर्षक शरीर र उही प्रकारको ‘ड्रेस अप’ ले सबैको मन खिच्छ । बेलाबेलामा उनीहरूले गर्ने सामाजिक कामको पनि सर्वत्र चर्चा हुने गरेको छ । यसको पछिल्लो उदाहरण हो, एयर होस्टेज पत्रिसा ओरगानोले शिशुप्रति देखाएको ममता । उनले विमानमा सवार एकमहिने शिशुलाई आफ्नो स्तन चुसाएर मातृप्रेमको नमुना प्रस्तुत गरेकी छन् ।

आत्मघाती आक्रमणमा १० जनाको मृत्यु
अफगानिस्थानमा भएको आत्मघाती बम विस्फोटमा परी १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सुरक्षाको माग गदै प्रर्दशनमा उत्रिएका सर्वसाधारणलाई लक्षित गरी  काबुल नजिकै विष्फोट गराइएको हो । विष्फोटमा परी सयौ नागरिक घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यम रोयटर्सले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।