काठमाडौं : प्रहरीको निगरानीबाट जोगिनका लागि भारतको दिल्ली उड्न लागेका मस्ट वान्टेड गुन्डा नाइके पासाङ नोर्बु शेर्पा एयरपोर्टबाट समातिएका छन्।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बशन्त लामाका अनुसार सोमबार अपरान्ह उनलाई एयरपोर्टबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिराशतमा राखिएको छ। उनलाई ज्यानसम्बन्धी अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीको छ।
बौद्ध क्षेत्रमा गुन्डागर्दी र अपराधिक गतिविधिमा चलाउँदै आएका नोर्बु पहिलेदेखि नै प्रहरीको मस्ट वान्टेड सूचीमा थिए।पछिल्लो समय गुन्डागर्दीविरुद्ध प्रहरीले विशेष अप्रेशन चलाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४