शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको पुतला जलाउने नेबि संघका कार्यकर्ता पक्राउ

प्रधानमन्त्रीको पुतला जलाउने नेबि संघका कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने क्रममा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघका धनुषा सभापतिसहित ६ जनलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

जनकपुरस्थित रामानन्द चोकमा प्रधामन्त्री ओलीको पुतला दहन गर्ने क्रममा प्रहरीले नेवि संघ धनुषाका सभापति सुजित मिश्रसहित भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादवलाई पक्राउ गरेको हो ।

काभ्रेस्थित दशरथ माविका नेवि संघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै नेवि संघ धनुषाले सोमबार प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने कार्यक्रम राखेको थियो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको कार्टुन शेयर गरेको भन्द्र प्रहरीले ढकाललाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।