काठमाडौं-अफगानिस्थानमा भएको आत्मघाती बम विस्फोटमा परी १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सुरक्षाको माग गदै प्रर्दशनमा उत्रिएका सर्वसाधारणलाई लक्षित गरी काबुल नजिकै विष्फोट गराइएको हो । विष्फोटमा परी सयौ नागरिक घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यम रोयटर्सले जनाएको छ ।
राजधानी काबुल नजिकै रहेको पास्टुनिस्थान स्क्वायर पनि असुरक्षित रहेकोले सुरक्षाको माग गदै भएको प्रर्दशनमा १० जनाको मृत्यु भएको अफगानिस्तानका आन्तरीक मन्त्रीले पुष्टि गरेका छन ।
सामाजीक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा बिस्पोटका कारण मृत्यृ भएकाको शव सडकमा यत्रतत्र छरिएको देखाइएको छ । अफगानीस्थानको पश्चिमी राज्य फरासमा सोमबार सुरक्षाकर्मीको आक्रमणमा तालीबानी आतंककारीको मृत्यु भएको बदला स्वरुप आत्मघाती आक्रमण गराईएको हुनसक्ने अनुमान गरिएको छ ।
तालिबानका प्रबक्ता जाविहुल्ला मुजाहिदले टेक्स म्यासेज गदै सरकारी सेना समुहले गन्जानी आक्रमणको बदला लिएको दाबी गरेका छन । पछिल्लो समय अफगानीस्थानमा सरकार सर्मर्थित सेना र तालिबानी समुहबीचको कारबाहिमा धेरैले ज्यान गुमाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४