शुक्रबार, साउन ८, २०८३

रहेनन् प्रजातान्त्रिक योद्धा ‘सोनेलाल पासवान’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- मुलुकमा प्रजातन्त्र स्थापानार्थ लामो समय संघर्ष गरेका प्रजातान्त्रिक योद्धा सोनेलाल पासवानको निधन भएको छ । धनुषाको नगराइन नगरपालिका–९ घोडघासस्थित आफ्नै घरमा पासवानको १०६ वर्षको उमेरमा सोमबार बिहान ३ बजे निधन भएको हो ।

पासवानलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, सांसद मिनाक्षी झा, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नेपाल दलित संघका कार्यवाहक सभापति शम्भु हजारा पासवानलगायतका नेता घोडघास पुगेका थिए ।

कांग्रेस उपसभापति निधिलगायतका नेताले पार्टीको भन्डा ओढाएर पासवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उपसभापति निधिले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसले २००७ सालको प्रजातान्त्रिक योद्धा गुमाएको बताए । 

पासवान लोभ र व्यक्तिगत स्वार्थबिना सदैव प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गर्ने नेताका रुपमा परिचित रहेको निधिले बताए । पासवानको निधन पार्टी  र मुलुकका लागि अपूरणीय क्षति रहेको निधिको भनाइ थियो ।

बीपीसँग संगत थियो पासवानको

सोनेलाल पासवानले पञ्चायती व्यवस्थाका साथै राणा शासनविरुद्ध समेत आन्दोलन गरेका थिए । महात्मा गान्धीको अहिंसावादी सिद्धान्तबाट प्रभावित सोनेलाललाई युवा अवस्थादेखि नै राणाको त्रूmर शासन मन परेको थिएन् । राणा शासनविरुद्ध नेपाली कांग्रेसले २००४ सालमा आन्दोलन थालेदेखि उनी कांग्रेसमा आबद्ध भए । उनको संगत बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिजस्ता नेतासँग भएको थियो । महेन्द्रनारायण निधि उनका निकट मित्र थिए त्यति बेला । 

जेल परे तर लोभमा परेनन्

राणाकाल र पञ्चायती शासविरुद्धको संघर्ष त्यति सहज थिएन । मुलुकमा पञ्चायती शासनको हालिमुहाली रहेका बेला गाउँकै कतिपयले सोनेलाललाई जेल पुर्‍याउन कम षड्यन्त्र गरेनन् । पञ्चायती शासनको बेला सोनेलालकै गाउँबाट मन्त्री बनेका भोलानाथ झाले उनलाई जेल पुर्‍याउन पटकपटक षड्यन्त्र बुनेको परिवारका सदस्यहरु बताउँछन् । 

सोनेलाल जेल परे पनि प्रजातन्त्र प्राप्तिको संघर्ष अगाडि बढाउन थोरै पनि विचलित नभएको कांग्रेस उपसभापति निधि बताउँछन् । ‘सोनेलालजीलाई तत्कालीन मन्त्री, अञ्चलाधीश, एसपीहरुले संघर्ष छोडे पद र पैसा दिने लोभ दिने गरेका थिए,’ निधिले भने, ‘तर उहाँ कहिले लोभमा पर्नु भएन ।’ सोनेलाल पटपपटक गरी ७ वर्ष जेलमा बसेको नेपाली कांग्रेसका धनुषा सभापति महेशशंकर गिरी बताउँछन् । 

निधि परिवारसँग पारिवारिक सम्बन्ध

सोनेलालका परिवारिक सदस्यहरुका अनुसार कांग्रेस उपसभापति निधि उनलाई पितासरह व्यवहार गर्दथे । सोनेलाल र उपसभापति निधिका पिता महेन्द्रनारायण निधिबीचको गहिरो सम्बन्धले दुई परिवारबीच प्रगाढ मित्रता कायम छ । सोनेलालको निधनको खबर पाउनासाथ कांग्रेस उपसभापति निधि काठमाडौंबाट हेलिकप्टर चढेर श्रद्धाञ्जली दिन घोडघास पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।