शुक्रबार, जेठ २९, २०८३

नेपालमा हुँदै एसिया रग्बी प्रतियोगिता

नेपाल रग्बी संघद्वारा आगामी २–३ भदौमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहनेछ।
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०
National life
Shivam cement

काठमाडौं– ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। नेपाल रग्बी संघद्वारा आगामी २–३ भदौमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहनेछ। 

प्रतियोगिताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहने बताए। 

त्यस्तै, महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन्। प्रतियोगिता विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिताका लागि गत १५ असारदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको छ। करिब ७२ लाख खर्च लाग्ने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ।

प्रकाशित: Aug 02, 2023| 15:40 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्