शुक्रबार, साउन ८, २०८३

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सहकार्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
'योर पार्टनरफर प्रोग्रेस' भन्ने नारालाई सार्थक बनाउन सिटिजन्स बैंक र बयोधा अस्पतालबीच सहकार्यको सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरेका छन् । 

यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बयोधा हस्पिटलमा उपचार गराउँदा छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्