शुक्रबार, साउन ८, २०८३

छठ पर्वको तेस्रो दिन आज खरना मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-सूर्यको उपासना गरी मनाइने छठ पर्वको तेस्रो दिन सोमबार खरना मनाइँदै छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ ।

शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत छ । सन्ध्याकलीन अर्घ दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाइधुवाई गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन् ।

गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन् । खरनाको दिन घरका सबै सदस्य तथा छिमेकीहरु जम्मा भई प्रसाद ग्रहण गर्ने परम्परा छ । खरनाको दिनदेखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ । 

खरनामा प्रसादको रुपमा विशेष रुपले केरा र सख्खरमा तयार पारिएको खीर बनाइन्छ । खरना तथा छठ पूजाका लागि सामग्री तयार गर्दा शैद्धतालाई विशेष ध्यान दिइने गरिन्छ । पूजन सामग्री शुद्ध नभए अनिष्ट हुने जनविश्वास छ ।

सूर्य उपासना गर्ने संसारमा छठ एकमात्र यस्तो पर्वहो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ । खरनापछि तेस्रो दिन साँझ दिइने अर्घका लागि ब्रतालुहरु रातिदेखिनै पूजन सामग्री तयार गर्न जुट्दछन् ।

चामल र गहुँको पिठोले तयार पारिने ठकुवा, भुसुवा, खजुरका साथै केला, उँखु, स्याउ, नरिवललगायतका फलफूल छठ पर्वको प्रमुख प्रसादको रुपमा रहेको छ । विगतमा मधेशी हिन्दु समुदायले मात्र मनाउँदै आएको छठ पर्व अहिले राजधानी काठमाण्डुसहित पहाडी जिल्लाहरुमा समेत व्यापकता पाउँदै आएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।