शुक्रबार, साउन ८, २०८३

भारतको राजदुतमा आचार्यको नाम सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- सरकारले भारतसहित विभिन्न मुलुकमा राजदुत नियुीक्तका लागि सिफारिस गरेको छ । 

लामो समयपछि आइतबार राती बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ। साढे २ दशक अघि नै श्रीलंकाको राजदुत बनिसकेका आचार्य नेपाल भारत प्रबुद्ध समूहका सदस्यसमेत हुन्। 

भारतका लागि नेपालका तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि राजीनामा दिएपछि सो पद रिक्त थियो। यसपछि सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । तर, उक्त सिफारिस विवादमा परेपछि सरकारले खारेज गरेको थियो । 

यस्तै सरकारले मलेसियाको राजदूतमा उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतमा कृष्ण ढकालको नाम सिफारिस गरेको छ। यस्तै संयुक्त राष्ट्रसंघको जेनेभास्थित नियोग प्रमुखमा दीपक धिताललाई नै निरन्तरता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले सिफारिस गरेको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राजदूत नियुक्ति प्रक्रिया संसदीय सुनुवाई प्रक्रियाबाट अघि बढ्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।