शुक्रबार, साउन ८, २०८३

दशैँ तिहारकोबीचमा सुर्खेतबाट ७७ जुवाडे पक्राऊ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कात्तिक १४ गते जुवा खेलिरहेका अवस्थामा लेकवेशी नगरपालिकाबाट १३ जना पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले ८० हजार नगद रकम पनि नियन्त्रणमा लियो ।

त्यस्तै कात्तिक १८ गते वीरेन्द्रनगरको एक होटलमा जुवा खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ परे । उनीहरुको साथबाट ५ लाख, २५ हजार ७ सय ८९ रुपैयाँ बरामत ग¥यो । सोही दिननै वीरेन्द्रनगर–११ पिपिराचौकबाट २३ हजार ५ सय नगद सहित ५ जना पक्राउ परे ।

माथि उल्लेखि घटनाहरु केही प्रतिनिधि घटनामात्रै हुन् । दशै र तिहारका जुवा खेल्दैगर्दा सुर्खेतबाट ठूलो संख्यामा जुवाडेहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७७ जना जुवाडेलाई पक्राउ गरेको छ । दशै र तिहारअवधिमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रिले जानकारी दिए ।

उनका अनुसार बिभिन्न ११ वटा स्थानबाट ७७ जना जुवाडे पक्राउ परेका हुन् । उनीहरुको साथबाट १० लाख ५१ हजार ९ सय ७८ रुपैयाँ समेत बरामत गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । जुवातास नियन्त्रण अभियान अन्तरगत उनीहरु पक्राउ गरेको हुन् ।

दसैँ तिहार, छठ लगायत पर्वहरूमा जिल्लामा जुवातास मौलाउँदै गएपछि प्रहरीले ३० वटा स्थायी यूनिट र ८ वटा अस्थायी यूनिटमार्फत जुवातास नियन्त्रण अभियान थालेको थियो । प्रहरीले शान्ति, सुरक्षा र अमर्यादित गतिविधि विरुद्ध कडाइ गरेको दाबी गरेपनि त्यसमा कमी आउन सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।