मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • छानबिन समितिलाई बयान दिएपछि अल्मुताइरीले भने- अनुसन्धानप्रति सकारात्मक छु

छानबिन समितिलाई बयान दिएपछि अल्मुताइरीले भने- अनुसन्धानप्रति सकारात्मक छु

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी छानबिन समितिको अनुसन्धानप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं- राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरी छानबिन समितिको अनुसन्धानप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष पंकज नेम्वाङ र आफूबीचको विवादको छानबिनका लागि गठित समितिलाई बयान दिएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अल्मुताइरीले यस्तो प्रतिक्रिया दिएका हुन्। 

करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले भने, 'छानबिन समितिको अनुसन्धानसँग सकारात्मक छु।' विवादबारे आफूले थप नबोल्ने उनले बताएका थिए। 

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको थियो। उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिएको समेत मुख्य प्रशिक्षक अल्मुताइरीले फेसबुकमा घोषणा गरेका थिए। 

विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानबिन समितिले छानबिन प्रक्रिया अगाडि बढाएको हो। 

छानबिनका लागि बिहीबारै उपाध्यक्ष पंकज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए। 

समितिले यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राईसँग पनि बयान लिएको थियो। उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजीर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए। 

यसअघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानबिन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो। 

मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयको निर्देशन छ। 

प्रकाशित: Aug 12, 2021| 20:58 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।