शुक्रबार, साउन ८, २०८३

विद्यालयको अन्तिम परिक्षा मंसिर २६ मै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हुम्ला- हुम्लाको सर्खेगार्ड गाउँपालिकाको बैठकले विद्यालयको अन्तिम परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

यसअघि उक्तगाउँपालिका भित्रका विद्यालयले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकोमा आइतबार बसेको बैठकले त्यसमा एकरूपता ल्याउन सबै विद्यालयका कक्षा एकदेखि १० सम्मको परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।  

यसअघि सबै विद्यालयले वार्षिक परीक्षा आफुखुशी सञ्चालन गर्दै आएका थिए । उक्त गाउँपालिकामा मावि चार, निमावि पाँच, प्रावि १८ र बाल विकास केन्द्र २५ वटा छन् । हुम्लालगायतका केही हिमाली जिल्लामा फागुन १ गतेबाट शुरु भएको शैक्षिक सत्र पुस १५ मा सम्पन्न भएर ४५ दिन मिनपचास बिदा दिने व्यवस्था गरिएको छ । 

साथै बैठकले डिभिजन वन कार्यालयको समन्वय र वडा कार्यालयको पत्रविना जडीबुटी तथा काठ सङ्कलन र चिरानी गर्न नपाउने निर्णय पनि गरिएको प्रवक्ता शाहीले बताए । रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।