शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वनभोज खाएर फर्किदै गर्दा ट्र्याक्टर पल्टिएर तीनको मृत्यु

वनभोज खाएर फर्किदै गर्दा ट्र्याक्टर पल्टिएर तीनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गाईघाट- वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । 

उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ । 

स१त ५८५० नंको ट्र्याक्टर आइतबार साझ दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको अहिले धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार शुरु भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।  

बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा ट्र्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताए । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन् । 

घटना हुनेबित्तिकै घाइतेसहित सबैलाई स्थानीयवासीले नै तत्काल धरानस्थित बिपी मेमोरियल अस्पताल पु¥याएको प्रहरीले बताएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।