शुक्रबार, साउन ८, २०८३

आजका अखबार : सफ्टवेयर नै जोडेर पेट्रोलपम्पमा ठगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सोमबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

छोरीको निम्ति न्याय माग्दै निर्मलाका आमाबुवा अनिश्चितकालिन धर्नामा बसेको विषय र सरकारले निलाम्बर आचार्यलाई भारतको राजदुतमा सिफारिसको गरेको विषयलाई सबैजसो पत्रिकाले महत्वका साथ छापेपनि पहिलो प्राथमिकतामा भने फरक फरक विषयका खबरलाई पारेका छन् । 

आजको नयाँ पत्रिका दैनिकले निर्मलका परिवार अनिश्चितकालिन धर्नामा बसेको विषयसंगै पेट्रोलपम्पहरुले सफ्टवेयर नै जडान गरेर उपभोत्ता ठग्ने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

प्रत्येक लिटरमा ३ देखि ४ प्रतिशत कम तेल दिने गरि सफ्टवेयर जडान गरेर पम्पवालहरुले यस्तो धन्दा चलाउने गरेको गुणस्तर तथा नाप तौल विभागले पत्ता लगाएको हो । देशभरका १५ प्रतिशत पम्पमा यस्तो धन्दा जारी रहेको विभागको अनुमान छ । यस्तै ठगि भेटेपछि विभागले ६ पम्पमा सिल गरेको नयाँ पत्रिकाले लेखेको छ ।

आजको कान्तिपुर दैनिकले राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान सार्न लागिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

पूर्वतयारीविना नै सरकारको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गरेकोमा प्रहरी अधिकारीहरु भने रुष्ट बनेको समाचारमा उल्लेख छ । यस्तै तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर पार्टी एकता गरेको पाँच महिना बितेपनि नेकपाको तल्लो तहमा अझै दुई पार्टी रहेको विषयलाई पनि कान्तिपुरले महत्वका साथ छापेको छ ।

आजको नागरिक दैनिक दैनिकले पनि बलात्कार पछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि आमाबुवा धर्नाको बसेको विषयसंगै सरकारले डलर सटहीमा कटौती गरेको विषयलाई मुख्य समाचार बनाएको छ । दुई महिनामै १९ अर्ब रुपैया बराबरको डलर बाहिरिए पछि सञ्चिति घटेकाका कारण सरकारले डलर सटहीमा कटौती गरेको समाचारमा उल्लेख छ।  

आजको अन्नपूर्ण पोस्ट्ले भने एयरबसले नेपालको बाइडबडी विमान भाडामा अरुलाई नै दिएको खुलासा गरेको छ । उसले नेपाल एयसलाइन्सले ल्याएका दुईवटा वाइडबडी बिमान किनेकै हुन त ? भनेर समेत प्रश्न उठाएको छ । नेपालको आफ्नो जहाज अरुले आफ्नो सामान जसरी भाडाका लागि अनलाइनमा राखेसंगै यस्तो प्रश्न उब्जिएको अन्नपूर्णले लेखेको छ । 

आजको कारोबार दैनिकले भने २५ अर्ब भन्दा बढी लगानीका ठूला आयोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषदु कार्यलयको प्रत्यक्ष मताहतमा रहनेगरी छिट्टै ऐन ल्याउने तयारी भएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै प्राविधिक सामानहरुको लाइफटाइम सकिएसंगै त्यसको ब्यबस्थापन चुनौतीपूर्ण बनेको विषयलाई पनि कारोबारले प्राथमिकताका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।