शुक्रबार, साउन ८, २०८३

ओलम्पिक छनोट : म्यानमारसँग नेपालले बराबरी खेल्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ओलम्पिक एसियन महिला फुटबल छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । आफ्नो पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको नेपालले म्यानमारसँगको आफ्नो दोस्रो खेलमा पनि १-१ को बराबरी खेलेको हो ।

नेपालले अग्रता लिएको खेलमा दुबै गोल पहिलो हाफमा भएका थियो । नेपालका लागि फरवर्ड सावित्रा भण्डारीले गोल गर्दा म्यानमारका लागि खिन मोइ वाइले बराबरी गोल गरिन् । 

नेपाललका लागि सावित्राले खेलमो दोस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, अग्रता जोगाउन नसक्दा नेपाल १४ औं मिनेटमा म्यानमाबाट गोल खान पुग्यो । 

र, महत्वपुर्ण तीन अंक गुमाउन पुग्यो ।  सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले अंक बाडेको हो । यससँगै नेपालको अंक दुई भएको छ भने म्यानमारको चार अंक भएको छ । यसअघी म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गर्दै महत्वपुर्ण तीन अंक जोडेको थियो ।

आइतबार नै भएको खेलमा भारतले बंगलादेशलाई ७-१ ले हराएको छ । यस जितसँगै समूह ‘सी’ मा भारत २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । भारतको दोस्रो चरण पुग्ने सम्भावना जीवितै रहेको छ । 

आब नेपालले दोस्रो चरणमा पुग्न कार्तिक २७ गते बंगलादेशसँगको खेल्दै छ । जुन खेल नेपालले जित्नै पर्ने छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।