बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पशुपतिले कमललाई देखाइदिए रातो बत्तीः अचानक रोकियो राप्रपा एकीकरण 

पशुपतिले कमललाई देखाइदिए रातो बत्तीः अचानक रोकियो राप्रपा एकीकरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-तीन पार्टीमा विभाजित भएका राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा एकीकृतबीच आइतबार हुने भनिएको एकीकरण अचानक रोकिएको छ। एकीकरणको खाका बोकेर अन्तिम वार्ता गर्न राप्रपा प्रजातान्त्रिको कार्यलय पुगेका राप्रपा अध्यक्ष कमल थापा अध्याँरो मुख लगाएर धुम्बाराही फर्केका छन् ।

तीन  अध्यक्षहरु कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच पटकपटक छलफल भएर एकीकरणको खाका तयार भएपछि आइतबार नै एकीकरणको मिति टुंगो लगाउने तयारी थियो। राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणासँग पार्टी एकताको निर्णायक वार्ता गर्न थापा आइतबार दिउँसो प्रजातान्त्रिको कार्यलय चाबहिल पुगेका थिए।

राणाले एकीकरणका लागि थप दुई साताको समय मागेपछि उनी निराश भएर धुम्बाराही फर्केका हुन्। थापा धुम्बाराही स्थित पार्टी कार्यलयमा चलिरहेको बैठक छोडेर राणालाई भेट्न गएका थिए। राणालाई भेट्न जाँदा उत्साही देखिनुभएका अध्यक्षज्यू फर्किदा मलिन मुद्रामा हुनुहुन्थ्यो, बैठकमा सहभागी एक नेताले भने।

ती नेताका अनुुसार लोहनी पनि एकीकरण सार्ने पक्षमा देखिएका छन् । राणाले तत्काल पार्टी एकीकरण गर्ने पक्षमा त्यति इच्छा नदेखाएको हो कि भन्दै बैठकमा थापाले ब्रिफिङ गरेका थिए। त्यसपछि कुनै निर्णय नगरी बैठक सकिएको थियो। स्रोतका अनुसार  एकीकृत राप्रपाको चुनाव चिन्ह गाई कि हलो राख्ने भन्ने बिषयमा समेत विवाद भएको छ।  

पार्टी एकीकरणको घोषणा गर्न  लागि राप्रपाले आइतबार  दिउँसो केन्द्रीय समितिको बैठक बोलाएको थियो। बैठकले एकीकरणको मिति घोषणा गर्ने बताइएको थियो। २०७३ साल फागुनमा सो पार्टीको महाधिवेशन भएको थियो। महाधिवेशनमा असन्तुष्टि जनाउँदै सो पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले  राप्रपा छोडेर एकीकृत राप्रपा गठन गरेका थिए। त्यसको केही समय पछि अर्का नेता पशुपति शम्सेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेका थिए। 

तीन पार्टीका नेताहरुबीच पटक पटक छलफल भएर एकीकरणको खाका तयार भएपछि एकीकरणको मिति घोषणा गर्न आइतबार निर्णायक बैठक आयोजना गरिएको थियो।

पार्टी एकीकरणपछि नेतृत्व र नीति तथा कार्यक्रममा  सहमति भएको भएपनि राप्रपा प्रजातान्त्रि भित्र चुनाव चिन्हलाई लिएर विवाद भएपछि एकीकरण पर सरेको एक नेताले बताए ।

एकीकृत पार्टीमा तीन अध्यक्ष रहने र नेता लोकेन्द्र बहादुर चन्दलाई पार्टीको संरक्षक नेता बनाईने समेत सहमति भएको थियो। 

तीन पार्टीमा बिभाजित भएका नेताहरुलाई ७१ सालमा महाधिवेशन पछि दिएको जिम्मेवारीमा यथावत फर्काईने समेत समति भएको थियो । पार्टी विधान बमोजिम केन्दीय समितिमा  थापाले ५० प्रतिशत,  र राणाले ५० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने र  लोहनी तर्फका नेतालाई पनि उचित स्थान दिईने सहमति भइसकेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।