बिहीबार, साउन ७, २०८३

जहाँ कुवामै गरिन्छ छठ पूजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

जनकपुरधाम-यतिबेला तराईका जिल्लामा छठ पर्वको चटारो छ । छठका ब्रतालुदेखि पूजाको जोरजाममा जुटेका छन् । छठपर्वमा ब्रतालुहरु जलाशयमा केही बेर उभिएर पूजा सामग्री हातमा राखेर भगवान् सूर्यको उपासना गर्छन् । जलाशयमै पूजा गर्नुपर्ने भएकाले ती स्थानको सरसफाइ र शुद्धतातर्फ विशेष ध्यान दिइन्छ ।

आइतबारदेखि छठ पर्व सुरु भइसके पनि मुख्य विधि मंगलबार र बुधबार हुनेछ । मंगलबार साँझ अस्ताउँदो र बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । 

तराईका जिल्लामा श्रद्धालुहरू छठ पर्व मनाइने पोखरी, नदी, तलाउजस्ता जलाशयको सरसफाइमा जुटेका छन् । जनकपुरमा एक दर्जनभन्दा बढी पोखरी सरसफाइमा स्थानीय बासिन्दा शनिबारदेखि नै जुटिसकेका छन् ।

धनुषाकै उत्तरवर्ती बटेश्वर गाउँपालिकाको चित्रपुर, कुसुम बिछौना, भुचक्करपुर, जमुनीवासलगायतका स्थानका बासिन्दालाई भने जनकपुरझैँ सरसफाइ तथा सरसजावटको खासै चटारो छैन । बटेश्वर गाउँपालिकाका ती स्थानमा कुवा (इनार) मै सूर्यको उपासना गरिन्छ ।
 
‘जलाशयको पानीमा उभिएर सूर्यको उपासना गर्ने परम्परा हामीलाई पनि थाहा छ । तर कुवाको पानीमा उभिन मिल्दैन । त्यसैले हामी कुवाबाट पानी झिकेर स्नान गरी सूर्यको उपासना गर्छौं ।’


पिउन र नुहाउन कुवाकै पानी प्रयोग गर्नुपर्ने भएकाले छठ पूजा हुनुभन्दा एक दिनअघि मात्र सरसफाइ हुने गरेको चित्रपुरका स्थानीय रामदुलार महतो बताउँछन् । इनारमा छठ पूजा गर्नु आफूहरूको बाध्यता रहेको रामदुलारको भनाइ छ । उनले भने, ‘हामीलाई पनि पोखरीमा गएर छठ पूजा गर्ने रहर छ । तर गाउँमा पोखरी नहुँदा कुवामै पूजा गर्न बाध्य छौं ।’ साँझको अर्घ दिनुभन्दा एक दिनअघि मात्र घर छेउको कुवामा सरसफाइ गरिने रामदुलारले बताए । 

‘जलाशयको पानीमा उभिएर सूर्यको उपासना गर्ने परम्परा हामीलाई पनि थाहा छ,’ चित्रपुरका स्थानीय विजय महतोले भने, ‘तर कुवाको पानीमा उभिन मिल्दैन । त्यसैले हामी कुवाबाट पानी झिकेर स्नान गरी सूर्यको उपासना गर्छौं ।’

ब्रतालुका परिवारका सदस्यहरूले सोमबार सरसफाइ गरेर पूजा गर्न स्थान सजावट गर्ने विजयले बताए । धनुषाका उत्तरवर्ती गाउँका बासिन्दा पानीको समस्या भोग्न बाध्य छन् । खानेपानी सुविधा नपुगेका त्यस भेगका स्थानीय कुवाकै पानी पिउन बाध्य भएकाले उनीहरूले छठ पूजा पनि कुवामै गर्दै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।