शुक्रबार, जेठ २९, २०८३

‘अविरल जनसाहित्य शृङ्खला’ मा खरेलका एक दर्जन कविता प्रस्तुत

 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

काठमाडौं- राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको मासिक ‘अविरल जनसाहित्य शृङ्खला’ ८१औँ अङ्कमा आज कवि महेशराज खरेलका एक दर्जन कविता प्रस्तुत भएको छ।

National life

कविता, यात्रा संस्मरण र समसामयिक लेखनमा सक्रिय स्रष्टा खरेलका छानिएका प्रगतिवादी कविता वाचन र समीक्षा गरिएको हो। उहाँका ‘चेतनाको गर्भबाट’, ‘आइदेऊ न माझीदाइ ढुङ्गा बचाउन’, ‘पदमा बसेको मान्छे’, ‘सङ्कल्प’, मनका पवित्र उभारहरू’, ‘नयाँ वर्ष’, ‘घरमै विद्रोह उम्रियो’, ‘नयाँ सन्देश’, ‘म’, बादल लागेपछि’, ‘तिम्रो पर्खाइमा’ र ‘आमा’ शीर्षकका कविता प्रस्तुत भएको थियो। उहाँलाई वाचनमा कविहरू नन्दु उप्रेती, डम्बर पहाडी, विन्दु ढकाल र अनु शर्माले सघाए।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले साहित्यकारहरूले इतिहासको पुनरावलोकनसहित राजनीति, सामाजिक स्थिति र अर्थतन्त्रको विवेचनासहित विद्यमान निराशालाई चिरेर सुन्दर भविष्यका लागि रचना सिर्जना र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले विसं २०७४ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतामा देखिएको उत्साह विसं २०७८ को विभाजनका कारण युवामा एक प्रकारको वितृष्णा पलाएको अवस्थामा त्यसलाई आशामा बदल्नु राजनीतिकर्मी र स्रष्टाहरूको दायित्व भएको जनाए।

वाचित कवितामाथि समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले खरेलले समसामयिक राजनीतिक र सामाजिक घटनाबाट प्रभावित भई समाजका लागि दायित्वपूर्ण लेखन गरेको टिप्पणी गरे। उनले नेपाली भूमि बाँझो राखेर खाडी मुलुकमा काम गर्न जान विवश युवाका समस्या र राजनीतिक नेतृत्वले पदमा पुगेर देखाएका गलत आचरणको चिरफार गरिएको उल्लेख गरे।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले नयाँ पुस्तालाई जनसंस्कृतिमा जोड्न सांस्कृतिक क्षेत्रमा सात घटक बनाएर विविध गतिविधिलाई निरन्तरता दिइएको जनाए। शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले कवि खरेलको व्यक्तित्वबारे प्रकाश पारेका थिए। खरेल राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी पनि हुन्। 

Shivam cement

सङ्घका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नर्मदेश्वरी सत्यालले आगामी शृङ्खलामा कवि अनिता लामाका कविता प्रस्तुत हुने जानकारी दिए।

प्रकाशित: Jul 29, 2023| 19:22 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।