सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महिला विश्वकपः स्वीडेनले इटालीलाई हरायो 

पहिलो हाफमै ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा थप २ गोल गरेर इटालीलाई लज्जास्पद पराजय चखाएको हो।
 |  शनिबार, साउन १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं– अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा विश्वकप महिला फुटबलअन्तर्गत आज भएको खेलमा स्वीडेनले इटालीलाई ५–० गोल अन्तरले पराजित गरेको छ।पहिलो हाफमै ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा थप २ गोल गरेर इटालीलाई लज्जास्पद पराजय चखाएको हो।

स्वीडेनको जितमा अमान्डा लेस्टेडले २ गोल गरिन् भने फ्रिडोलिना रोल्फो, स्टिना र रेबेक्काले समान एक–एक गोल गरे। आजको खेलसँगै स्वीडेन समूह ‘जी’मा लगातार दोस्रो जित निकालेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा इटालीले पहिलो हार बेहोरेको हो।

प्रकाशित: Jul 29, 2023| 16:07 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्