बुधबार, पुस २, २०८२

त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत उड्यो

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए वरीयताका फुटबल टिमसँग स्पर्धा गर्नेछ।
 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

काठमाडौं– दुरान्द कप फुटबल प्रतियोगिता खेल्न त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय खेलाडी टोली भारतको गुवाहाटी उडेको छ।

National life

पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यता उडेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो।

भारतीय सेनाद्वारा ८ देखि सुरु भई १७ साउनसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए वरीयताका फुटबल टिमसँग स्पर्धा गर्नेछ। त्रिभुवन आर्मी क्लब खेलकुद क्षेत्रको च्याम्पियन टिम हो।

प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्त्वपूर्ण योगदान दिँदै आएको छ। प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ। प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि मद्दत पुग्नेछ।

प्रकाशित: Jul 29, 2023| 16:01 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्