बिहीबार, साउन ७, २०८३

दिउँसै आठ लाख लुटेर लुटेरा फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-धनुषामा एक आइएमई सञ्चालकसँग दिउँसै लुटपाट भएको छ । धनुषा र महोत्तरीको सीमामा पर्ने बटेश्वर गाउँपालिकाको शान्तिपुर-चन्द्रपुर नजिक एक आइएमइ सञ्चालकसँग रहेको आठ लाख नगद लुटेर लुटेरा फरार भएका छन् ।

महोत्तरीको भंगहा नगरपालिकामा आइएमइ सञ्चालन गर्दै आइरहेका रामकुमार साहसँग रहेको ८ लाख नगद लुटपाट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकबाट ८ लाख नगद झिकेर साह मोटरसाइलमा महोत्तरीको भंगहातर्फ गइरहेको बेला लुटपाट भएको कुशवाहाले बताए । 

दुईवटा अनटेस्ट मोटरसाइकलमा चारजना अपरिचित व्यक्तिहरुले साहको मोटरसाइकल रोक्न लगाएर लुटपाट गरेर महोत्तरीतर्फ फरार भएको बताइएको छ ।

लुटेराहरु भाग्ने सक्ने संभावित सबै स्थानमा नाकाबन्दी गरी लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्