बिहीबार, साउन ७, २०८३

फुडमान्डुको आठौं वर्षगाँठ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरेको छ । सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिकेको छ ।

आफ्नो आठौं स्थापना दिवशको अवसरमा फुडमान्डुले आफ्नो सेवाग्राहीहरुलाई ११ नोभेम्वरको दिन हरेक अर्डरमा ८ प्रतिशतको छुट दिने भएको छ । साथै ८ जना भाग्यशाली उपभोक्ताले आउंदो ८ महिना सम्म प्रत्येक महिना आठ सय रुपैयाँ बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गर्ने पनि कम्पनीले जनाएको छ ।

आफ्ना उपभोक्ता र आवद्घ रेष्टुरेण्टहरुलाई धन्यवाद दिंदै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी मनोहर अधिकारीले भने, ‘आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्