बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना , दुईको मुत्यु

धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना , दुईको मुत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ग्यास बोकेर काठमाडौं आउदै गरेको ग्यास बुलेट बेनिघाट गाँउपालिका –५ स्थित बिसाल टार मोडमा दुर्घटना भएको छ ।  दुर्घटना गस्त ग्यास बुलेटले किचेर दुई जनाको मृत्य भएको छ । दुर्घटनामा परी बेनिघाट गाँउपालिका वडा नम्बर ५ की वडा सदस्य ३८ वर्षीया गिता नेपाली र १८ वर्षीया सनिता नेपालीको मृत्यु भएको हो । 

साढे  ११ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गर्दै उद्दारमा खटिएका सशस्त्र प्रहरीका नायब निरीक्षक यमबहादुर आलेले बुलेट चालक भारतीय भएको पनि जानकारी दिए । चालक भोला कुमारलाई प्रहरीले नियन्त्रणमा लिएकोछ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनामा परेको बुलेटबाट ग्यास चुहिएकाले सम्भावित दुर्घटनालाई रोक्न सुरक्षा सतर्कता अपनाइएकोछ । स्थानीय ठाउँको विद्युत सेवा अवरुद्ध गरिएको छ भने सवारी साधन दुवै तर्फ ३०० मिटर पर रोकिएको छ ।

विपत व्यवस्थापन धादिङका सशस्त्र प्रहरी उपरिक्षक वसन्त बोगटीले घटना स्थलमा सम्भावित दुर्घटना न्युनीकरणका लागी प्रहरी परिचालन गरिएको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।