बुधबार, पुस २, २०८२

महिला विश्वकप: पोर्चुगलसँग भियतनाम पराजित

न्युजिल्यान्डको एफएमजी रंगशालामा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो। 
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी  महिला विश्वकपअन्तर्गत आज घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले भियतनामलाई पराजित गरेको छ। 

National life

आज न्युजिल्यान्डको एफएमजी रंगशालामा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो। पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरे।

जितसँगै पोर्चुगल २ खेलमा ३ अंकसहित समूह ‘ई’ को तेस्रो स्थानमा रहेको छ। दुवै खेल हारेको भियतनाम प्रतियोगिताबाटै बाहिरिएको छ।

आजै न्युजिल्यान्डको वेलिङटनमा भएको समूह ‘ई’को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १÷१ गोलको बराबरी खेले। अपराह्न पौने ४ बजे समूह ‘बी’का अस्ट्रेलिया र नाइजेरियाबीच खेल हुने तालिका छ।

आगामी २० अगस्तसम्म खेलिने महिला विश्वकपमा ३२ टोली सहभागी छन् भने फाइनल खेल अस्ट्रेलियाको सिड्नीमा खेलाइनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 27, 2023| 15:52 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्