बिहीबार, वैशाख २०, २०८१

कांग्रेसमा गगनले स्थापित गर्नुपर्ने मानक

नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्।
 |  बिहीबार, साउन ११, २०८०

भानु बोखिम

भानु बोखिम

बिहीबार, साउन ११, २०८०

गगन थापा नेपालकै एक लोकप्रिय नेतामा पर्छन्। सम्भावना देखिएका नेपाली युवा नेतामा गगन पहिलो स्थानमा छन् भन्न सकिँदैन। किनभने जनताको अपेक्षा र विश्वासको भार सधैं एकै व्यक्तिमा सोझिँदैन। त्यो अर्थमा सिंगो राजनीतिमा लोकप्रियता स्थान परिवर्तन भइरहन सक्छ। तर नेपाली कांग्रेसको हकमा भने नि:सन्देह गगन थापा नै लोकप्रिय छन्।

triton college

संसदीय राजनीतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जति समय व्यतित गरे, त्यसको आधाउधी गगनले पनि व्यतित गरिसकेका छन्। समयक्रममा सबैको लोकप्रियता खस्किन्छ नै। निश्चय नै गगनप्रति शंका र अविश्वासहरु जन्मिएका होलान्। तर अन्य नेता सत्तामा पुगेपछि आफ्नो छविलाई जुन गतिमा गिराउँछन्, गगनले त्यस्तो हुन दिएका छैनन्। त्यो अर्थमा गगन थापा अझै पनि धेरैको आशा र भरोषाको केन्द्र हुन्। 

गगन थापा दोश्रो जनआन्दोलनबाट उदाएका नेता हुन्। उनको विद्यार्थी राजनीति पहिलेदेखि नै शुरु भएको थियो। त्यसपछि उनको राजनीतिको ग्राफ उकालो लाग्यो। आन्दोलनको जगमा उदाएका नेता गगन थापा मात्र भने हैनन्। अन्य दलमा पनि त्यस्ता राजनीतिक पात्रहरु थिए। तर तिनको लोकप्रियता त्यो दिनसम्म मात्र कायम रह्यो, जबसम्म उनीहरु मन्त्री बनेनन्। गगनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्झनायोग्य नै बनाए। उनले मन्त्रालयमा रहेर मानक नै खडा गरे भन्ने हैन। अन्य मन्त्रीको तुलनामा भने राम्रै प्रभाव छाडेर गए। यो अर्थमा गगनसँग देशले वा जनताले अपेक्षा गर्नु अनुचित हैन। गगनले जनताको चाहनालाई सम्बोधन गर्ने ठाउँ र निकायमा पुग्ने कोसिस गर्नु पनि स्वागतयोग्य प्रयास हो। तर योभन्दा पनि ठूलो जिम्मेवारी भनेको नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको आदर्श मानक स्थापित गर्नु हो।

नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्।

नेपाली कांग्रेस लोकतान्त्रिक आदर्श र सिद्धान्तको वकालत गर्ने पार्टी हो। शुरुवाती चरण नेपाली कांग्रेसलाई युवाहरुले नेतृत्व गरेको पार्टी थियो। हुन त राजनीतिक उभार र उथलपुथल ल्याउने दलको शुरुवाती सदस्यहरु युवा नै हुन्छन्। नेपाली कांग्रेसले इतिहास बनाउँदै जाँदा यसको नेतृत्व पनि वृद्धहरुको हातमा पुग्यो। नेतृत्वमा वृद्ध वा पाको व्यक्ति आउनु समस्या हैन। तर वृद्ध भएकाले मात्र नेपाली कांग्रेसको नेतृत्व पाएका छन्। योचाहिँ एक लोकतान्त्रिक दलको लागि स्वीकार्य व्यवहार हैन। सिंगो पार्टीका सदस्यले कसरी सोच्छन्? उनीहरुको चिन्तन प्रणाली कस्तो छ? कांग्रेसमा आवद्ध हुनेहरुको उद्देश्य र सपना के हो? यी प्रश्नहरुको उत्तर नेपाली कांग्रेसको बागडोर सम्हाल्ने पुग्ने नेताको उमेरले दिँदै आएको छ। 

corrent noodles
Metro Mart

पञ्चायत ढलेर प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेसले देशको बागडोर सम्हाल्यो। पञ्चायतको विरुद्ध वा प्रजातन्त्रको खातिर लडेको कारण नेपाली कांग्रेसले देशको बागडोर सम्हाल्ने मौका पाएको थियो। प्रजातन्त्रको नाममा देशको बागडोर सम्हाले मौका पाएपछि पार्टीभित्रकै प्रजातन्त्र भने कांग्रेसले कमजोर बनाउँदै लग्यो। अहिले प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भन्न अभ्यस्त भइसक्यौं, तर कांग्रेसको व्यवहार परिवर्तन भएको छैन। आन्तरिक लोकतन्त्र कमजोर बनेको बेला चुनौती दिने काम गगन थापाले गरिरहेका छन्। उनी सफल होलान् कि नहोलान् भन्ने कुरा भविष्यले देखाउला। तर उनी असफल नै भए पनि लोकतन्त्रको आदर्श अनुरुप व्यवहार भने नेपाली कांग्रेसभित्र प्रदर्शन गरेर बाहिरिनुपर्छ।

लोकतन्त्र भनेको विधान र नीतिले तोकेको समयमा निर्वाचन गर्नु मात्र हैन। निर्वाचित भएर काम गर्दैमा लोकतान्त्रिक मूल्यमान्यताको अनुशरण गरेको ठहरिँदैन। लोकतन्त्रको मर्मअनुरुपको जीवन पद्धति अंगाल्नु र त्यहीअनुरुप व्यवहार गर्नु पनि जरुरी छ। यो अर्थमा नेपाली कांग्रेसभित्र पूर्ण लोकतान्त्रिक व्यवहार र संस्कार देखिन छोडेको धेरै भइसक्यो। सत्ता र षड्यन्त्रको खेललाई केवल निर्वाचनबाट कानुनसम्मत देखाउने काममात्र भइरहेको छ। 

कांग्रेसमा नेतृत्व लिनुअघिको धेरै समय गुट निर्माणमा खर्च गर्नुपर्छ। गुटको सबलीकरण नै नेतृत्व हत्याउने प्रमुख आधार हो। तर असली लोकतन्त्रवादीले गुटतन्त्रमा विश्वास गर्दैन। विजयपछि इतर पक्षलाई बहिस्कार पनि गर्दैन। नेतृत्वको लागि कुनै खास नेताले एकाध पटक प्रयास गर्न सक्छ। तर विजय हासिल नगरिञ्जेल प्रयास गरिरहने अनि विजय हासिल गरेपछि साम, दाम, दण्ड, भेद प्रयोग गरेर पार्टी कब्जा गर्ने काम गर्दैन। तर नेपाली कांग्रेसमा यो रोग मौलाएको निकै भइसक्यो। सायद यसको उपचार सामान्य तरिकाले हुँदैन। गगन थापाले यसको चिरफार गर्न वा बदल्न कति सक्छन् ? त्यसको लागि उनले राजनीति गरिञ्जेलको समयलाई कुर्नैपर्ने हुन्छ।

नेपाली कांग्रेसको सभापति हुने चाहना गगन थापाबाट लुकेको छैन। गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्। गगन पहिलो संविधानसभाको चुनावदेखि निरन्तर सभासद र सांसदको भूमिका निभाउँदै छन्। उमेरको हिसाबले उनीसँग राजनीति गर्ने समय धेरै छैन। तर संसदमा डेढ दशक बिताइसकेका उनले अब चाँडै नै आफूले चाहेको उपल्लो तहको जिम्मेवारीमा पुग्न सक्नुपर्छ। अनि चाँडै नै उनले त्यो स्थान अरुको लागि छोड्नु पनि पर्छ। उपल्लो पदमा नुपगे पनि राजनीतिबाट विश्राम लिनुपर्छ। अन्यथा जीवनभर सत्ता र पदमा झुन्डिन खोजेको आरोप गगनलाई पनि लाग्छ।

गगनले पदको लागि मरिहत्ते नगर्ने बताउँदै आएका छन्। सभापतिको प्रत्यासी भएर चुनाव हारे उनले पुनः प्रतिस्पर्धा गर्ने छैन। ६० वर्षभन्दा माथि सक्रिय राजनीति नगर्ने कुरा पनि बताइसकेका छन्। उनले बोलेका यी कुरा व्यवहारमा उतारे लोकतन्त्रको अवगुण कांग्रेसभित्र खुम्चिँदै जानेछ। अन्य कांग्रेसी नेतालाई पनि नैतिकता र आदर्श प्रदर्शन गर्नुपर्ने बाध्यता हुनेछ। आशातित सफलता हासिल नगरे पनि कांग्रेसमा लोकतन्त्रको आदर्श स्थापना गर्न गगनले भूमिका खेल्नुपर्छ।

प्रकाशित: Jul 27, 2023| 09:55 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्