शुक्रबार, जेठ २९, २०८३

महिला विश्वकपः जापानसँग हार्‍यो कोस्टारिका

यसअघि जाम्बियालाई ५–० ले स्तब्ध बनाएको जापानले पछिल्लो जितसँगै समूहमा ६ अंक बनाएको छ। 
 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०
National life
Shivam cement

काठमाडौं– अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला फुटबल विश्वकपको बुधबार बिहानको खेलमा जापानले कोस्टारिकालाई २–० ले हराउँदै अन्तिम १६ को नजिक पुगेको छ। समूह सीको दोस्रो चरणको पहिलो खेलमा जापानले जित निकालेको हो।

यसअघि जाम्बियालाई ५–० ले स्तब्ध बनाएको जापानले पछिल्लो जितसँगै समूहमा ६ अंक बनाएको छ। आजै हुने अर्को खेलमा स्पेनले जाम्बियाविरुद्ध जित निकाले जापान अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्नेछ। यसअघि समूह ‘ए’ को खेलबाट अझै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छैन।

३२ टिमलाई आठ समूहमा बाँडिएको विश्वकपबाट सबै समूहबाट समान २–२ टिम नकआउट चरणमा पुग्नेछन्। आज जापानलाई जित दिलाउनका लागि हिकारु नाआमातो र ओबा फुजिनोले गोल गरेका थिए।

प्रकाशित: Jul 26, 2023| 14:19 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्