सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलङ्कामा दोहोरो सत्ताको प्रयास : राष्ट्रपतिबाट संसद विघटन

श्रीलङ्कामा दोहोरो सत्ताको प्रयास : राष्ट्रपतिबाट संसद विघटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कोलम्बो (रासस /एएफपी) : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गरेका छन्।आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उनले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गरेका हुन्।

सिरिसेनाद्धारा अपदस्त हुनु भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आएका थिए।राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गरेका थिए।

सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय तर विवादास्पद नेता मानिन्छन्।उनले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गर्नुभएको समाचारमा जनाइएको छ। विघटीत संसदमा २२५ जना सांसद रहेका थिए। 

राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन भएर निर्वाचन हुन लागेको हो। राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयहरुलाई विक्रमासिङ्घेले भने गलत भनेका थिए।उनले पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए।

राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आफु नै प्रधानमन्त्री रहेको उनले दाबी गर्दै  भएको छ । श्रीलङ्कामा बढ्दो राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् । 
राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानुनी चुनौती दिन सकिने अधिकारीहरुले बताएका छन्।
 
सिरिसेनाद्धारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद विघटन गरेको बताइएको छ।आफैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कमा नयाँ राजनीतिक संकट सृजना भएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।