शुक्रबार, जेठ १, २०८३

नेपाली मूलका भण्डारी अमेरिकी चुनावमा विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
अमेरिका- नेपाली मूलका एचबि भण्डारी अमेरिकी मध्यावधि निर्वाचनमा विजयी भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट विजयी भएका हुन्।

यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन् । उनी अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वाचित हुने पहिलो नेपाली मूलका अमेरिकी राजनीतिज्ञ हुन् ।

भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड राज्यको विधायीकाको तल्लो सदनको लागि उम्मेदवार बनेका थिए। भण्डारीले डेमोक्रेटीक पार्टीको प्रारम्भिक निर्वाचनमा विजयी भई मंगलबार भएको निर्वाचनमा उम्मेदवारी दिन पाएका थिए।

मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए।  तीन जना निर्वाचित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भएका हुन् । 

नेपालको पर्वत जिल्ला फलेवास नगरपालिका थापाठानाका भण्डारी ८ वर्ष अघि अमेरिका पुगेका थिए। उनी पेशाले शिक्षक हुन्। उनी डेमोक्रयाटीक पार्टीको केन्द्रीय सदस्यसमेत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।