आइतबार, साउन १७, २०८३

डीएसपी ठगबहादुर केसी बर्खास्त

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं- ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरी घर खानतलासी गर्दा सुन फेला परेको थियो।

प्रकाशित: Jul 25, 2023| 20:56 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्