बिहीबार, साउन ७, २०८३

सभापति देउवा विधानअनुसार चल्‍न सक्नुभएन : प्रकाशमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसर विभिन्न कार्यक्रम गरिएको छ । शनिबार बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरिएको छ । 

कार्यक्रममा नेपाली गणेशमानका छोरा एवम् काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने । 

उनले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाए । विधानभन्दा सभापति माथि हुँदा पार्टी यस अवस्थामा आएको उनको भनाइ थियो । नेता सिंहले पार्टी सुधारका लागि आफूले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पारे । 
 
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौँ पार्टी सभापति सबुज बानिया, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । 

विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो । नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।