बिहीबार, साउन ७, २०८३

श्रीलंकामा थपियो संकट, राष्ट्रपतिले गरे संसद् भंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कोलम्बो- देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन्। शुक्रबार मध्यरातिदेखि लागू हुने गरी उनले संसद् भंग गरेका हुन् । 

१७ अगस्ट २०१५ मा भएको निर्वाचनमा गठन भएको संसद्को कार्यकाल १० महिना बाँकी थियो । सन् २०१९ को शुरुआती चरणमा नयाँ निर्वाचन हुने विश्लेषकहरूको आकलन छ।

तर, राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमार्फत् चुनौती दिन सकिने अवस्था बाँकी नै छ। बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेको दल युनाइटेड नेसनल पार्टी (यूएनपी)ले राष्ट्रपतिलाई यस्तो कदम उठाउने अधिकार नभएको बताएको छ।

विक्रमासिंघेलाई २६ अक्टोबरमा बर्खास्त गर्दै राष्ट्रपति सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए। आफूलाई हटाउनु अवैध रहेको बताउँदै विक्रमासिंघेले सरकारी निवास छाड्न अस्वीकार गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।