बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीन पस्‍ने किमाथांका ट्र्याक खोल्न किन हुँदैछ ढिलाइ ?

चीन पस्‍ने किमाथांका ट्र्याक खोल्न किन हुँदैछ ढिलाइ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- चीनसँग पारवहन सम्झौतामा अन्तर्राष्ट्रिय नाका भनेर घोषणा गरिएको संखुवासभाको किमाथांका नाकाको ट्र्याक खुल्न ढिलाइ भएको छ । जोगबनी-विराटनगर-किमाथांका ट्र्याक खोल्न अझै २३ किलोमिटर बाँकी छ । नेपाल र चीनबीच २०७५ भदौ २२   भएको प्रोटोकल सम्झौताले किमाथांकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो । 

पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७२ चैत ८ मा चीनसँग पारवहन सम्झौता गरेका थिए । ओलीले गरेको सम्झौताको साढे दुई वर्षपछि भएको प्रोटोकल सम्झौताले किमाथांकाले अन्तर्राष्ट्रिय नाकाको मान्यता पाएको थियो । 

जोगबनी-किमाथांकाको उत्तर-दक्षिण कोसी सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार चेपुवा, छुमसुरजस्ता चट्टानी खण्डमा निर्माण कठिनाइका कारण ट्र्याक खोल्ने काममा ढिलाइ भएको भएको हो । त्यस क्षेत्रमा रहेको भीरमा विस्फोट गराएपछि १५ किमि ट्र्याक खुल्नेछ । यसपछि बाँकी काम गर्न सहज हुने ज्ञवालीले बताए । उनले भने, ‘हामी अब भीरमा विस्फोट गर्ने तयारीमा छौं ।’
 
जोगबनी-विराटनगर-किमाथांका ट्र्याक खोल्न अझै २३ किलोमिटर बाँकी छ । नेपाल र चीनबीच २०७५ भदौ २२   भएको प्रोटोकल सम्झौताले किमाथांकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो ।

जोगबनीबाट खाँदबारीसम्म सहज रुपमा सवारी आवागमन भइरहेको छ । खाँदबारीबाट किमाथांकासम्मको एक सय ६२ किलोमिटर सडक क्षेत्र पूर्ण हुन २३ किलोमिटर हाराहारी ट्र्याक खोल्न बाँकी छ । खाँदबारी र किमाथांका दुवै तर्फबाट सडक खोल्ने काम भइरहेको जानकारी उनले दिए । उनले भने, ‘किमाथांकातर्फबाट पनि १४ किलोमिटर सडक निर्माण गरिएको छ ।’

केही ठाउँमा रहेको चट्टानी भीर र स्थानीयको जग्गा विवादका कारण सडकको निर्माणले गति लिन नसकेको ज्ञवालीले बताए ।  ज्ञवालीका अनुसार आयोजनाका लागि छुट्याइएको दुई अर्ब ३९ करोड बजेटमध्ये दुई अर्ब १२ करोड हाराहारी खर्च भइसकेको छ । 

आयोजनाले यसै वर्षभित्र मूर्त रुप लिने संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र गौतमले बताए । उनले भने, ‘त्रिदेशीय लोकमार्ग भएकाले जोगबनी-किमाथांका सडकले चाँडो निर्माण हुनुपर्छ । यस वर्षभित्रमा ट्र्याक खोलेपछि व्यवस्थित सडक निर्माणले तीव्रता पाउनेछ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।